जापानीज सांसदको पोखरा भ्रमण: मेयरदेखि सांसदसँग शिष्टाचार भेटवार्ता

पाेखरा | कात्तिक २९, २०८१

जापानीज सांसदको पोखरा भ्रमण: मेयरदेखि सांसदसँग शिष्टाचार भेटवार्ता

पोखरा भ्रमणमा आएका जापानको निगाता प्रान्तका सांसद एवम् व्यवसायीक प्रतिनिधहरुले पोखराका मेयर धनराज आचार्यसँगै गण्डकी प्रदेशका सांसदहरुसँग शिष्टाचार भेटघाट गरेका छन् । 

 

बुधबार पोखरामा आइपुगेका जापानको निगाता प्रान्तका ३ सांसदसहित १६ जनाको भ्रमण टोलीले पोखराका मेयर धनराज आचार्य तथा प्रदेश सांसदहरुसँग भेटवार्ता गरेका हुन् ।

 

मेयरसँगको भेटमा दुई पक्षीय पर्यटन विकास, मितेरी सम्बन्ध र प्रविधि आदान प्रदान लगायतका विषयमा पनि छलफल भएको थियो ।

 

सो टोलीले बुधबार गण्डकी प्रदेश सभा सदस्य एवम् नेकपा एमाले गण्डकी प्रदेशका प्रमुख सचेतक गोविन्द नेपाली, गण्डकी प्रदेशका पूर्व आर्थिक मामिलामन्त्री सीता सुन्दास, संसाद गणेशमान गुरुङ र गण्डकीका पूर्व सांसद एवम् पोखरा महानगरपालिका पूर्व मेयर कृष्ण थापासँग भेटवार्ता गरे  ।

 

यस्तै आज (बिहीबार) पोखराका मेयर धनराज आचार्यसँगै व्यवसायीको छाता संगठन नेपाल चेम्बर अफ कमर्स गण्डकी प्रदेशका अध्यक्ष किसान सुनारसँग शिष्टाचार भेटावार्ता गरे । 

 

एनआरएनए जापानका कोषाध्यक्ष दीपक सुनारको समन्वयमा नेपाल आएका जापानको निगाता प्रान्तका सांसद याजी कियोमी, माकोटो कोबायासी, काजुताका ओडारा, साकेई ताकाकुराको नेतृत्वमा १६ जनाको टोली नेपाल आएका हुन् ।
 

यसअधि नेपाल आउने क्रममा काठमाडौंमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए ।

 

भेटघाटको क्रममा उनीहरुले सांस्कृतिक, व्यवसायिक तथा आर्थिक विकास र पर्यटन प्रवद्र्धनको विषयमा छलफल गरेका थिए ।

 

उक्त टोली शुक्रबार स्वदेश फिर्ता हुनेछन् ।

 

 
 

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्